सेभियालाई हराउँदै डर्टमन्ड अन्तिम ८ मा

स्पेनिस क्लब सेभियालाई हराउँदै जर्मन क्लब बोरुसिया डर्टमन्ड युइएफए च्याम्पियन्स लिग फुटबलका अन्तिम ८मा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६को दोस्रो लेग २–२ गोलको बराबरीमा सकिए पनि समग्रहमा ५–४को जित निकाल्दै डर्टमन्ड अन्तिम ८मा प्रवेश गरेको हो।

सेभियाको मैदानमा पहिलोले डर्टमन्डले ३–२ले जितकाले दोस्रो लेग बराबरी भएपनि ५–४ को जित निकाल्यो । दोस्रो लेगमा अर्लिङ हालान्डले डर्टमन्डका लागि २ गोल गरे भने सेभियाका युसुफ एन नेसरीले पनि २ गोल गरे ।

३५औं मिनेटमा हालाणन्डले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । उनले पेनाल्टीमा गोल गरेका थिए ।

तर डर्टमन्डले दुई गोलको अग्रता बनाए पनि सेभियाले पुनरागमन गर्दै दुई गोल नै फर्कायो । ६९औं मिनेटमा युसुफ एन नेसरीले पेनाल्टीमा गोल गरे । इन्जुरी टाइमा युसुफले व्यक्तिगत दोस्रो गोल गरेपछि सेभियाले खेल २–२ को बराबरीमा सकायो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.