हालान्ड चम्किँदा लेभरकुसेनमाथि डर्टमन्डको रोमाञ्चक जित

युवा स्ट्राइकर अर्लिक हालान्ड चम्किएपछि जर्मन बुन्डेस लिगामा बोरुसिया डटमन्ड विजयी भएको छ। शनिबार राति भएको खेलमा हालान्ड चम्किएपछि तीन पटकपछि परेको अवस्था उल्टाउँदै डर्टमन्डले बार्यर लेभरकुसेनमाथि ४–३को रोमाञ्चक जित निकाल्यो।

डर्टमन्डको जितमा हालान्डले २ गोल गरे भने जुलियन ब्रानडर्ट र राफायल गुइरेरोले गोल गरे । यता, लेभरकुसेनका फ्लोरियन विर्ट्ज, प्याट्रिक सिक र मोउसा डियाबीले गोल गरे।

नवौं मिनेटमा विर्ट्जको गोलमा लेभरकुसेनले सुरुआती अग्रता लियो । तर, ३७औं मिनेटमा डर्टमन्डका हालान्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि सिकले पहिलो हाफको इन्जुरी समयको गोल गरेपछि लेभरकुसेनले खेलमा २–१को अग्रता लियो।

४९औं मिनेटमा ब्रानडर्टले गोल गर्दैै डर्टमन्डलाई पुनः खेलमा फर्काए। त्यसपछि डियाबीले ५५औं मिनेटमा गोल गर्दै खेलमा लेभरकसेनलाई पुनः अग्रता दिलाए।

तर, ७१औं मिनेटमा गुएरेरोलो गोल गर्दै डर्टमन्डलाई पुनः बराबरीमा ल्याए। त्यसपछि ७७औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै हालान्डले डर्टमन्डलाई ४–३को रोमाञ्चक जित दिलाए।

बुन्डेसलिगाकै अन्य खेलमा एससी फ्रेइवर्ग र क्लोनले १–१ गोलको बराबरी खेल्दा युनियन बर्लिन र अग्सबर्गले गोलरहित बराबरी खेले । यस्तै, वुल्भ्सबर्गले फ्रुथमाथि र होफेनहाइमले माइन्जमाथि समान २–०को जित निकाले।

Facebook Comments Box