२४ पेनाल्टीपछि बोर्नेमाउथ विजयी

२४ पेनाल्टी प्रहारपछि जित निकाल्दै च्याम्पियनसिप क्लब एएफसी बोर्नमाउथ काराबाओ कपको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको बोर्नेमाउथ र क्रिस्टल प्यालेसबीचको खेलको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो ।

पेनाल्टी सुटआउट निकै लामो भएको थियो । प्लेइङसेटमा रहेका दुवै टिमका खेलाडीले प्रहार गरिसक्दा पनि नतिजा ननिस्किएपछि एकै खलाडीले दुई पटक पेनाल्टी प्रहार गर्नु परेको थियो ।

दुवै टिमका सुरुवाती १० खेलाडीको पेनाल्टी गोलमा परिणात भएको थियो । त्यसपछि दुवै टिमका किपरले गोल गर्न सकेनन् । बोर्नेमाउथका किपरको प्रहार क्रिस्टल प्यालेसका किपरले रोकेका थिए भने क्रिस्टल प्यालेसका पिकरको प्रहार आकासिएको थियो ।

१२औं खेलाडीका रुपमा पुनः पेनाल्टी प्रहार गर्न आएका बोर्नेमाउथका डेविड ब्रुक्सले गोल गर्दा क्रिस्टल प्यालेसका लुका मिलिवजेविच गोल गर्न चुकेका थिए । सुरुवाती पेनाल्टीमा दुवैले गोल गरेका थिए ।

अब बोर्नमाउथले दोस्रो चरणमा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

काराबाओ कपअन्तर्गत नै मंगलबार राति नै भएका अन्य खेलमा न्युकासल युनाइटेडले ब्लाकबर्न रोभर्सलाई १–० ले हराउँदा वेस्टह्यामले चार्ल्टन एथ्लेटिक्सलाई ३–० र एस्टन भिल्लाले बुर्टोनलाई ३–१ ले पराजित गरेका छन् । यस्तै वार्टफोर्डले अक्सफोर्ड युनाइटेडलाई पेनाल्टी सुटआउटमा ३–०ले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *