अग्रता जोगाउन नसक्दा रोकियो बार्सिलोना

ला लिगामा बार्सिलोनाले पुनः खराब प्रदर्शन गरेको छ। ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोना घरेलु टोली ग्रानडासँग १–१ गोलको बराबरीमा रोकिएको हो।

ग्रानडामा शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाका लागि लुक डि जोङले गोल गर्दा घरेलु टोलीका एन्टोनियो पोर्टासले बराबरी गोल फर्काएका थिए। दुवै गोल दोस्रो हाफमा भएको थियो।

डि योङले ड्यानी अल्भेसको क्रसमा हेडिङमार्फत ५७औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए ।

खेलको ७९औं मिनेटमा पाब्लो गाभिरा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना समस्यामा परेको थियो। बार्सिलोना १० खेलाडीमा समेटिएको १० मिनेटपछि एन्टोनियो पोर्टासले गोल गर्दै खेल बराबरीमा ल्याए।

बराबरीसँगै बार्सिलोना २० खेलबाट ३२ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ भने ग्रानडा २४ अंकसहित १२औं स्थानमा रहेको छ।

Facebook Comments Box