ब्रेन्टफोर्डमाथि युनाइटेडको सहज जित

Read Time:1 Minute

प्रिमियर लिगमा युनाइटेडले सहज जित निकालेको छ। बुधबार राति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई उसकै मैदानमा ३–१को सहज जित निकाल्यो ।

युनाइटेडका लागि एन्थोनी इलंगा, मासन ग्रिनवुड र मार्कस रासफोर्डले गोल गरे भने घरेलु टोलीका लागि इभान टोनीले गोल फर्काए। चारै गोल दोस्रो हाफमा भएको थियो।

५५औं मिनेटमा इलांगाको गोलमा युनाइटेडले अग्रता लियो । ६२अचैं मिनेटमा ग्रिनउडले युनाइटेडको अग्रता दोब्बर बनाए । ७७औं मिनेटमा रास्फोर्डले गोल गरेपछि युनाइटेड ३–०को सहज अवस्थामा पुग्यो।

८५औं मिनेटमा ब्रेन्टफोर्डका लागि इभान टोनीले गोल गरेपछि त्यो टिमलाई हारबाट जोगाउन पर्याप्त भएन। र, युनाइटेड ३–१ले विजयी भयो। प्रिमियर लिगमा युनाइटेडको ३ सयौं अवे जित हो।

खेलमा युनाइटेडले बल पोजेसन राम्रो बनाएपनि आक्रमण भने बेन्टफोर्डले १८ सट प्रहार गरेकोमा ८ सट फ्रेममा थियो । यता, ५७ प्रतिशत बल पोजेसन बनाएको युनाइटेडले १५ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो।

जितपछि पनि ३५ अंक जोडेको युनाइटेड सातौं स्थानमा यथावत् छ भने ब्रेन्टफोर्ड २३ अंकका साथ १४औं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लेस्टरमाथि टोटनहमको रोमाञ्चक जित
Next post राष्ट्रिय टिममा प्रदीप र जितेन्द्रको पुनरामगन, विवेक र लोशक पहिलो पटक टिममा
Close