ब्रेन्टफोर्डले स्कटिस र डेनिस क्लबबाट दुई खेलाडी

इंग्लिस प्रिमियर लिगमा यसै सिजन बढुवा भएको ब्रेन्ट फोर्डले नयाँ सिजनका लागि दुई खेलाडी अनुबन्धन गरेको छ। ब्रेन्टफोर्डले स्कटिस क्लबाट सेल्टिक डिफेन्डर क्रिस्टोफर आयर र डेनिस क्लब मिडजिल्याण्डबाट मिडफिल्डर फ्रान्क ओन्यकालाई अनुबन्ध गरेको हो।

डिफेन्डर क्रिस्टोफर अयरलाई भित्र्याउन ब्रेन्टफोर्डले कीर्तिमानी रकम खर्चिएयो । उसले भित्र्याउन बेन्टफोर्डले १३.५ मिलियन यरो खर्चियो । यो ब्रेन्टफोर्डले कुनै पनि खेलाडी भित्र्याउन तिरेको सर्वाधिक रकम हो।

नर्वेका २३ वर्षीय डिफेन्डर क्रिस्टोफरले बे्रन्टफोर्डसँग ५ वर्षको सम्झौता गरेका छन् । अब उनी सन् २०२६ सम्म ब्रेन्टफोर्डमा रहने छन्। उनले सेल्टिकबाट १७६ खेल खेल्दै ७ गोल गरेका छन् । उनले नर्वेका लागि २३ खेल खेलेका छन् ।

यस्तै ब्रेन्टफोर्डले नाइजेरियन मिडफिल्डर फ्रान्क ओन्यकालाई पनि अनुबन्ध गरेको छ। उसले ओन्यकालाई डेनिस क्लब मिडजिल्याण्डबाट ल्याएको छ। ओन्यकाले ब्रन्टफोर्डसँग ५ वर्षको सम्झौता गरेका छन्। मिडजिल्याण्डबाट उनले १२६ खेल खेल्दै १७ गोल गरेका छन्।

Facebook Comments Box