कोपा अमेरिकामा ब्राजिल पेरुसँग भिँड्दै

कोपा अमेरिकाको समूह चरण अन्तर्गत समूह एको खेलमा ब्राजिल र पेरु भिँदैछन्। नेपाली समयअनुसार खेल शुक्रबार बिहान ५ः४५ बजे हुनेछ।

समूह चरणको पहिलो खेलमा भेनेजुएलाविरुद्ध ३–० को जित निकालेको ब्राजिल पेरुविरुद्ध पनि जितको खोजीमा हुनेछ। भेनेजुएलाविरुद्ध ब्राजिलका लागि मार्किन्हाेस, नेमार र बारबोसाले गोल गरेका थिए।

पेरुको भने यो जारी कोपा अमेरिकामा पहिलो खेल हो। कोपा अमेरिकाको जारी संस्करण ब्राजिलमै भइरहेको छ ।

ब्राजिल भर्सेस भेनेजुएला हाइलाइट्सः

ब्राजिलले अन्तिम समयमा मात्र प्रतियोगिता आयोजनाको अवसर पाएको हो। अर्जेन्टिनामा कोरोन संक्रमण बढेपछि र कोलम्बियामा सरकारविरुद्ध प्रदर्शनक कारण प्रतियोगिता हुन नसेकपछि ब्राजिलले अन्तिम समयमा आयोजनाको अवसर पाएको हो।

ब्राजिलमा प्रतियोगिता अयोजनाको ब्राजिलियन खेलाडीहरुले नै विरोध गरेका थिए । उनीहरुले यो सयम प्रतियोगिता आयोजना गर्ने नभई जनताको स्वास्थ्यमा ध्यानदिनु पर्ने समय भएको भन्दै उनीहरुले विरेध गरेका थिए । तर, सर्वोच्च अदालतले पनि आयोजनाको अनुमति दिएपछि प्रतियोगित ब्राजिलमै हुने निश्चित भएको थियो।

प्रतियोगिता ब्राजिलका ४ सहरका ५ रंगशलामा १३ जुनदेखि १० जुलाईसम्म आयोजना हुँदै छ।

Facebook Comments Box