ब्राजिलको टिममा नेमारको पुनरागमन, मार्सेलो फेरि परेनन्

सेप्टेम्बर दोस्रो साता अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ब्राजिलले टोली घोषणा गरेको छ । प्रशिक्षकले टिटेले शुक्रबार कोलम्बिया र पेरु विरुद्धको मैत्रीपूर्ण खेलका टोली घोषणा गरेका हुन् ।

टोलीमा ब्राजिललाई कोपा अमेरिका दिलाउन महत्वपूर्ण भूमिका खेलेका गोलकिपर एलिसन समावेश छैनन् उनी अहिले चोटका कारण मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको हो । उनको स्थानमा इडर्सनलाई मैदान उतार्ने तयारी टिटेको छ । गोलकिपरमा टिटेले म्यान सिटीका इडर्सनसँगै वेभेर्टन र इभानलाई टोलीमा राखेका छन् ।

यस्तै डिफेन्डरमा डानी अल्भेस, फाग्नर, एलेक्स सान्द्रो, जोर्गे, मार्किन्योस, थियागो सिल्भा, इडर मिलिटाओ, सामिर ब्राजिलियन टिममा परेका छन् । जोर्गे र सामिर ब्राजिलियन टिममा नयाँ अनुहार हुन् ।

कोपा अमेरिकामा स्थान बनाउन नसकेका मार्सेलो पुनः एक पटक टोलीमा पर्न असफल रहे । यस्तै, लिभरपुललाई च्याम्पियन्स लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका फाविन्होले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । उनी कोपा अमेरिकाको टिममा थिएनन् ।

मैत्रीपूर्ण खेलका लागि टिटेले फाविन्होसँगै लुकास पिक्वेटा, फिलिपे काउटिन्हो, कासिमिरो, आर्थुर र एलानलाई मिडफिल्डका रुपमा टिममा समावेश गरेका छन् ।

यसैगरी प्रशिक्षक टिटेले नेयमार, रिर्चालिसन, भिनिसियस जुनियर, ब्रुनो हेनरिक, डेभिड नरेस र फिर्मिनोलाई स्ट्राइकरका रुपमा टोलीमा समावेश गरेका छन् । हनरिके र भिनिसियसले समेत टोलीका लागि नयाँ अनुहार हुन् । यसअघि गत मार्चमा भएको पानामा र चेक रिपब्लिकविरुद्ध मैत्रीपूर्ण खेलमा भिनिसियस ब्राजिललको टिममा परेका थिए । तर, खेलअघि घाइते भएपछि उनले डेब्यू गर्न भने पाएका थिएनन् ।

कोपा अमेरिका खेलेका मिरन्डा, फिलिपे लुइस, विलियन, गाब्रियल जेसुस लगायतका खेलाडी ब्राजिलियन टिमा पर्न असफल भए । जेसुस भने प्रतिबन्धका कारण टोलीमा पर्न असफल भएका हुन् । ब्राजिलले सेप्टेम्बर ९ मा कोलम्बिया र सेप्टेम्बर ११ मा पेरु विरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP