टोक्यो ओलम्पिकका लागि ब्राजिलको टिम घोषणा, कुनकुन देश खेल्दैछन्?

डिफेन्डिङ च्याम्पियन ब्राजिलले टोक्यो ओलम्पिकका लागि आफ्नो स्क्वाड घोषणा गरेको छ। ३८ वर्षिय डिफेन्डर डानी एल्भेसको कप्तानीमा ब्राजिलले १८ सदस्यीय स्क्वाडको घोषणा गरेको हो।

ओलम्पिकमा २३ वर्ष मुनिका खेलाडी सम्मिलित टिम मात्र खेलाउनुपर्ने भएपनि बढीमा ३ जना भने बढी उमेरका खेलाडी पनि राख्न पाइन्छ। ब्राजिलको टिममा एल्भेससहित स्पेनिस क्लब सेभियाका २८ वर्षीय डिफेन्डर डिएगो कार्लोस र एथ्लेटिको पारानेन्जका ३१ वर्षिय गोलकिपर सान्तोस पनि सामेल छन्।

ब्राजिलका स्टार खेलाडी नेमारले पनि केही समय पहिले टोक्यो ओलम्पिक्समा सहभागी हुने इच्छा व्यक्त गरेका थिए। यद्यपी उनी भने टिममा परेनन्। नेमार हाल कोपा अमेरिकामा ब्राजिलको आक्रमण सम्हालिरहेका छन्।

यस्तो छ ब्राजिलको स्क्वाडः

गोलकिपरः सान्तोस (एथ्लेटिको पारानेन्ज), ब्रेन्नो (ग्रेमियो)
डिफेन्डरः डानी एल्भेस (साओ पाउलो), गेब्रियल मेनिनो (पाल्मेइरास), गुइल्हेर्मे अराना (एट्लेटिको मिनेइरो), गेब्रियल मगालहेस (आर्सनल), निनो (फ्लुमिनेन्ज), डिएगो कार्लोस (सेभिया)
मिडफिल्डरः डग्लस लुइज (एस्टन भिल्ला), ब्रुनो गुइमेरेज (लियोन), गेर्सन (फ्लामेङ्गो), क्लाउडिन्हो (रेड बुल ब्रागान्टिनो), म्याथियस हेन्रिके (ग्रेमिओ)
फरवार्डः म्याथियस कुन्हा (हर्था बर्लिन), माल्कोम (जेनिट), एन्टोनी (आयाक्स), पाउलिन्हो (बायर लेभरकुसेन), पेड्रो (फ्लामेङ्गो)

२३ जुलाईबाट जापानमा सुरु हुने टोक्यो ओलम्पिक्समा ब्राजिलसहित १६ टिम सहभागी हुँदैछन्।

ओलम्पिकको पुरुष फुटबलमा सहभागी देशहरुः

ग्रुप एः मेक्सिको, फ्रान्स, जापान, दक्षिण अफ्रिका
ग्रुप बीः न्युजिल्याण्ड, दक्षिण कोरिया, होन्डुरस, रोमानिया
ग्रुप सीः इजिप्ट, स्पेन, अर्जेन्टिना, अस्ट्रेलिया
ग्रुप डीः आइभोरी कोस्ट, साउदी अरेबिया, ब्राजिल, जर्मनी

Facebook Comments Box