फिर्मिन्हो र कासिमिरोको गोलमा ब्राजिलले कोलम्बियालाई हरायो

४६औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगितामा अयोजक ब्राजिलले लगाता तेस्रो जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा रोबर्टो फिर्मिन्हो र कासिमिरोको गोल मद्दतमा ब्राजिलले कोलम्बियामाथि २–१को जित निकालेको हो।

कोलम्बियाविरुद्ध सुरुआतमै पछि परेको ब्राजिलले दोस्रो हाफको अन्त्यतिर गोल गर्दै पुनरामगन जि निकालेको हो । जितसँगै ब्राजिलले समूह बीमा ९ अंक जोडेको छ। उसले पहिलो खेलमा भेनेजुएलालाई ३–० र दोस्रो खेल पेरुलाई ४–०ले हराएको थियो।

ब्राजिलविरुद्धले १०औं मिनेटमै कोलम्बियाले अग्रता बनाएको थियो । उसका लुइस डियाजले जुआन क्वाडराडोको पासमा ओभर हेडकिकमा उत्कृष्ट गोल गरेका थिए । तर, ७८औं मिनेटमा रेनन लोडीका पोसमा फिर्मिन्होले गोल गर्र्दै ब्राजिललाई खेलमा फर्काए ।

इन्जुरी समयको १०औं मिनेटमा कासिमिरोले गोल गर्दै ब्राजिललाई लागतार तेस्रो जित दिलाए । उनले नेमारको पासमा गोल गरेका थिए ।

खेलमा ब्राजिलले ७० प्रतिशत बल पोजेसन बनाउँदै कोलिम्बयामाथि निरन्तर दबाब बनाएको थियो । उसले कोलम्बियाको पोस्टमा १५ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो। यता, कोलम्बियाले ३ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो।

यसैगरी बिहीबार बिहान नै भएको अर्को खेलमा पेरु र इक्वेडरले २–२ गोलको बराबरी खेलेका छन् ।

Facebook Comments Box