कोलम्बियालाई हराउँदै ब्राजिल विश्वकपमा छनोट

Read Time:1 Minute

ब्राजिल सन् २०२२को कतार विश्वकपका लागि छनोट भएको छ। बिहीबार राति भएको खेलमा कोलम्बियालाई हराउँदै ब्राजिल दक्षिण अमेरिकाबाट कतार विश्वकपका छनोट हुने पहिलो टिम बनेको छ।

१२ खेलमा ११ जित र १ बराबरी खेल्दै ३४ अंक जोड्दै ब्राजिलले कतारको टिकट काटेको हो। ब्राजिलले दोस्रो स्थानको अर्जेन्टिनामाथि ९ अंकको अग्रता बनाएको छ।

बिहीबार राति भएको खेलमा कोलम्बियाविरुद्ध ब्राजिललाई जित दिलाउन लुकास पक्वेटाको निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७२औं मिनेटमा पक्वेटाले गोल गरेका थिए। उनले नेमारको पासमा गोल गरेका थिए।

खेलमा पटक बनाएपनि ब्राजिलले थप गोल गर्न सकेन । ब्राजिलले ६४ प्रतिशत बल पोजेसन बनाउँदै कोलम्बियाको पोस्टमा १६ सट प्रहार गरेकोमा ६ सट फ्रेममा थियो । यता, कोलम्बियाले ५ सट प्रहार गर्दा १ सट मात्र फ्रेममा थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लिचेस्टाइनको पोस्टमा जर्मनको गोलको वर्षा, स्पेनले ग्रिसलाई हरायो
Next post विश्वकप छनोटमा पोर्चुगललाई आयरल्यान्डले रोक्यो, क्रोएसियाको सहज जित
Close