ब्राजिल बराबरीमै रोकियो

४६औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिताको सबैभन्दा बलियो प्रत्यासी आयोजक ब्राजिल बराबरीमै रोकिएको छ । समूह ए अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको हो ।

उद्घाटन खेलमा बोलिभियामाथि सहज जित हात पारेको आयोजक ब्राजिल भेनेजुएलामाथि पनि हावी हुने अपेक्षा थियो, तर खेलमा भेनेजुएलामाथि ब्राजिल हावी भएपनि गाल भने गर्न सकेन ।

बराबरीका बाबजुद पनि ब्राजिल ४ अंकका साथ शीर्ष स्थाना छ । २ खेलमा ४ अंक नै जोडेको पेरु दोस्रो स्थानमा छ भने भेनेजुएला २ अंक सहित तेस्रो स्थानमा छ ।

खेलमा ब्राजिलले ३ गोल ग¥यो, तर तीनै गोलले मान्यता नपाउँदा ब्राजिल जित निकाल्न असफल भयो । खेलमा ब्राजिका ग्याब्रियल जेसुस, रोबर्टो फिर्मिन्हो र फिलिपे काउटिन्होले गोल गरेका थिए । ती मध्ये जेसुस र काउटिन्होको गोललाई ‘भार’मार्फत अफसाइट दिइयो भने फिर्मिन्होको गोलमा फाउल दिइयो ।

खेलमा ब्राजिलले ६९ प्रतिशत बल पोजेसन बनएको थियो । उसले १९ सट प्रहार गरेको १ सटमात्र फ्रेममा थियो । यता भेनेजुएलाले ६ सटमध्ये १ सट फ्रेममा प्रहार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *