विश्वकप छनोटका लागि ब्राजिलको टिम घोषणा, भिनिसियस पर्दा परेनन् रोड्रिगो

सन् २०२२ को कतार विश्वकपको दक्षिण अमेरिकी छनोटका लागि ब्राजिलले राष्ट्रिय टिमको घोषणा गरेको छ। प्रशिक्षक टिटेले शुक्रबार विश्वकप छनोटका लागि २४ सदस्यीय टिम घोषणा गरेका हुन्।

टिटेले घोषणा गरेको टिममा भिनिसिय जुनियर, डग्लस लुइस र ग्राब्रियल बार्बोसाले स्थान बनाउँदा रोड्रिगो गोस, अर्थुर मेलो टिममा अटाउन सकेनन्।

शुक्रबार घोषण गरिएको टिमका स्ट्राइकिङको नेतृत्व नेमारले सम्हाल्ने छन् । उनीसँगै स्ट्राइकरमा रोबर्टो फिर्मिन्हो, भिनिसियस, रिचार्लिसन, एभर्टन, ग्याब्रियल जेसुस र ग्याब्रियल बार्बोसा छन्।

यसैगरी मिडफिल्डमा कार्लोस कासेमिरो, डग्लस लुइस, एभर्टन रिबेरियो, फाबिन्हो, फ्रेड र लुकास पक्वेटा छन् । यस्तै, डिफेन्समा थिएगो सिल्भा, ड्यानी अल्भेस, मार्किन्होस, इडर मिलिटाओ, लुकास भेरिसिमो, डानिलो, एलेक्स सान्ड्रो र रेनन लोडी छन्।

ब्राजिलले जुन ५मा इक्वेडर र जुन ९ मा पाराग्वेसँग विश्वकपको दक्षिण अमेरिकी छनोट खेल्दै छ।

Facebook Comments Box