अन्तर्राष्ट्रिय फुटबलफुटबल

ब्राजिल महिला विश्वकपको समूह चरणबाटै बाहिरियो, जमैका अन्तिम १६मा

ब्राजिल महिला विश्वापको समूह चरणबाटै बाहिरिएको छ। बुधबार भएको समूहको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको हो।

यो बराबरीसँगै ब्रााजिल समूह एफमा ४ अंक जोड्दै तेस्रो भयो । ब्राजिलले पहिलो खेलमा पानामालाई हराएको थियो भने दोस्रो खेलमा फ्रान्ससँग पराजित भएको थियो।

यता, ब्राजिललाई रोक्दै जमैका समूहको उपविजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ। जमैका पहिलो पटक महिला विश्वकपको नकआउट पुगेको हो। समूहमा उसले १ जित र २ बराबरीसहित ५ अंक जोड्यो।

समूह एफबाट फ्रान्स विजेताका रुपमा अन्तिम १६ पुगेको छ। २ जित र १ बराबरी खेलेको उसले ७ अंक जोड्यो।

फ्रान्सले समूहको अन्तिम खेलमा पानामामाथि ६–३को जित निकाल्यो। आज भएको खेलमा फ्रान्सलाई जित दिलाउन काडिडिआटोउ डिअनीले ह्याट्रिक गरिन् भने माइली लाक्रार, लेअ लि ग्रेस र विकि बेचोले पनि गोल गरे। पानाका मार्टा कोक्स, योमिरा पिन्जोन र लिनेथ केडेनोले गोल गरेका गरिन्।