विश्वकप छनोटका लागि ब्राजिलको टिम घोषणा, प्रिमियर लिगका ८ खेलाडी टिममा

सन् २०२२को कतार विश्वपको दक्षिण अमेरिकी छनोटका लागि ब्राजिलको टिम घोषण गरिएको छ। प्रशिक्षक टिटेले इंग्लिस प्रिमियर लिग खेल्ने ८ खेलाडीलाई समेट्दै २५ सदस्यीय टिम घोषणा गरेका छन्।

अघिल्लो इन्टरनेशलन ब्रेकमा भएको विश्वकप छनोटमा कोरोनाका कारण क्वारेन्टिनमा बस्नु पर्ने नियमका कराण टिम पर्न नसक्ने ८ खेलाडी यो पटक टिममा परेका छन्। तीन ८ खेलाडीमा म्यान्चेस्टर सिटीका ग्याब्रिअल जेसुस र इर्डसन, लिरभपुलका फाबिन्हो र एलिन्सन छन्।

यसैगरी म्यान्चेस्टर युसनाइटेडका फ्रेड, टोटह्मका इमर्सन, चेल्सीका थिएगो सिल्भा र लिड्सका राफिन्हा छन्।

ब्राजिलले यो इन्टरनेशनल ब्रेकमा विश्वकप छनोटका तीन खेल खेलने छ । जसमा अक्टोबर ८मा भेनेजुएला, अक्टोबर ११ मा कोलम्बिया र अक्टोबर १५मा उरुग्वेसँग खेल्ने छ ।

ब्राजिलियन टिम : एलिन्सन, इडर्सन, वेभर्टन (गोलकिपर), डानिलो, इमर्सन, एलेक्स सान्ड्रो, गुइलेर्मो अराना, थिगो सिल्भा, मार्किन्होस, इडर मिलिटाओ, लुकास भेरिसिमो (डिफेन्डर), कासिमिरो, फाबिन्हो, फ्रेड, एडिनिल्सन, गेर्सन, लुकास पक्वेटा, एभर्टन रिभेइरो (मिडफिल्डर), नेमार, भिनिसियस जुनियर, ग्याब्रियल जेसुस, राफिन्हा, एन्थोनी, ग्याब्रियल बारबोसा र म्याथिस कुन्हा (स्ट्राइकर) ।

Facebook Comments Box