मेक्सिकोलाई हराउँदै ब्राजिल ओलम्पिक फुटबलको फाइनलमा

मोक्सिकोलाई पोनाल्टी सुटआउटमा पराजित गर्दै डिफेन्डिङ च्याम्पियन ब्राजिल ओलम्पिकको पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार जापनमा भएको ब्राजिलले सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सेटआउटमा ४–१ले हरायो ।

निर्धारित समय र थप गरिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो।

ब्राजिललाई फाइनल पुर्‍याउन गोलकिपर एडर्बार सान्तोसले उत्कृष्ट प्रदर्शन गरे। उनले मेक्सिकोका सुरुआती पेनाल्टी रोकेका थिए ।

पेनाल्टीमा ब्राजिलका कप्तान ड्यानी अल्भेस, रेनियर जेसुस, ग्याब्रिअल मार्टिनेली, ब्रुनो गुइमारेसले गोल गरे भने मेक्सिकोका कार्लोस रोड्रिगेसले मात्र गोल गरे।

इडवार्डो अगुइरेको पेनाल्टी ब्राजिलका किपरले रोकेका थिए भने जोआन भास्वेसको प्रहार पोलमा राखेको थियो।

अब ब्राजिलले स्वर्णका लागि स्पेन र आयोजक जापानबीचको विजेतासँग खेल्ने छ। ब्राजिल ओलम्पिक पुरुष फुटबलको डिफेन्डिङ च्याम्पियन हो।

Facebook Comments Box