अन्तर्राष्ट्रिय फुटबलफुटबल

विश्वपक छनोटमा ब्राजिलको सानदार जित, नेमार ह्याट्रिकबाट चुके

२०२६को विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलल सानदार सुरुआत गरेको छ। शनिबा बिहान भएको खेलमा सानदार जित निकाल्ने क्रममा ब्राजिलले बोलिभियामाथि ५–१को जित निकाल्यो।

ब्राजिललाई सानदार जित दिलाउने क्रममा नेमार र रोड्रिगोले समान २ गोल गर्दा अर्को गोल राफिन्हाले गरे। यता, बोलिभियाका भिक्टर अबेर्गोले गोल गरे।

खेलमा सुपर स्टार नेमार ह्याट्रिक गर्नबाट चुके। १७औं मिनेटमै प्राप्त पेनाल्टीमा गोल गर्न नसकेपछि उनी ह्याट्रिकबाट चुकेका हुन्।

खेलमा २४औं मिनेटमा रोड्रिगोको गोलमा ब्राजिलले अग्रता लियो। पहिलो हाफ १–०मै सकियो। तर, दोस्रो हाफमा ब्राजिलले थप ४ गोल गर्यो।

४७औं मिनेटमा राफिन्हाले गोल गर्दै ब्राजिललको अग्रता दोब्बर बनाए। ५३औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गरेपछि खेलमा ब्राजिलले ३–०को अग्रता लियो।

त्यसपछि ६१ नेमारले ६१औं मिनेटमा गोल गर्दै ब्राजिललाई ४–०को सहज अवस्थामा ल्याए। ७८औं मिनेटमा भिक्टर अबेर्गोले बोलिभियाका लागि सात्न्वना गोल गरे। इन्जुरी समयको तेस्रो मिनटमा नेमारले नै गोल गरेपछि ब्राजिल ५–१ले विजयी भयो।