ब्राजिललाई रोक्दै इक्वेडर क्वार्टरफाइनलमा

आयोजक ब्राजिललाई रोक्दै इक्वेडर ४६औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनला प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा ब्राजिललाई १–१ गोल को बराबरीमा रोक्दै समूह बीमा चौथो स्थानमा रहँदै इक्वेडर क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

ब्राजिलले भने इक्वेडरविरुद्ध खेल्नु अघि नै क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेको थियो । उसले त्यसअघि लगातार तीन खेल जितेको थियो।

पेड्रो लुडोभिको ओलम्पिक स्टेडियममा ब्राजिलका इडर मिलिटाओले गोल गरेका थिए भने इक्वडरका एन्जल मिनाले गोल गरे

नेमार, कासिमिरो, ग्याब्रिअल जेसुसलगायतका पहिलो रोजाइका खेलाडीलाई आराम दिएको खेलमा ब्राजिलले ३७औं मिनेटमा अग्रता लियो । डग्लस लुइसको क्रममा इडर मिलिटाओले हेडिङमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–०ले पछि परेको इक्वेडरले ५३औं मिनेटमा बराबरी गोल फर्कायो । ५३औं मिनेटमा इक्वेडरका एन्जल मिनाले इनर भ्यालेन्सियाको पासमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा खेल १–१ गोलकै बराबरीमा सकियो।

ब्राजिलले ४ खेलबाट १० अंक जोड्दै समूह बीको विजेताका रुपमा क्वार्टरफाइनलमा पुग्यो भने इक्वेडर ३ अंकहित चौथो भयो । यो समूहबाट कोलम्बिया र पेरु पनि क्वार्टरफाइनलमा पुगेका छन्।

Facebook Comments Box