फुटलबको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने

जापानको टोक्योमा जारी ओलम्पिकको पुरुष फुटबलको स्वर्णका लागि डिफेन्डिङ च्याम्पियन ब्राजिल र स्पेन भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा जित निकाल्दै ब्राजिल र स्पेनले स्वर्णको भिडन्त पक्का गरेका हुन्।

पहिलो सेमिफाइनलमा ब्राजिलले मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४–१ले हरायो भने स्पेनले आयोजक जापानलाई अतिरिक्त समयमा १–०ले हरायो।

निर्धारित समय र थप गरिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो।

पेनाल्टीमा ब्राजिलका कप्तान ड्यानी अल्भेस, रेनियर जेसुस, ग्याब्रिअल मार्टिनेली, ब्रुनो गुइमारेसले गोल गरे भने मेक्सिकोका कार्लोस रोड्रिगेसले मात्र गोल गरे। इडवार्डो अगुइरेको पेनाल्टी ब्राजिलका किपरले रोकेका थिए भने जोआन भास्वेसको प्रहार पोलमा लागेको थियो।

ब्राजिल र स्पेनबीचको स्वर्ण भिडन्त ७ अगस्तमा टोक्योस्थित योकोहामामा हुने छ।

यसैगरी मार्को असेन्सियोको निर्णायक गोल मद्दतमा स्पेनले जापानको चुनौति १–०ले पन्छायो। स्पेनलाई जित दिलाउन ११५औं मिनेटमा मार्को असेन्सियोले निर्णायक गोल गरे । उनले मिकेल ओयासाबेलको पासमा गोल गरेका हुन्।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि ३० मिनेट थप गरिएको थियो । खेलमा अधिकांश समय स्पेनले दबाब बनाएको थियो । तर, गोल गर्न भने उसले ११५ मिनेटसम्म कुर्नुपरेको थियो ।

Facebook Comments Box