विश्वकप छनोटमा ब्राजिलको सहज जित, रोकियो अर्जेन्टिना

Read Time:2 Minute

फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकालेको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ४–०ले हराएको हो।

ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गर्दा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले पनि गोल थपे । २४औं मिनेटमा पक्वेटाको गोलमा ब्राजिलले सुरुआती अग्रता लियो। ४५औं मिनेटमा रिचार्लिसनले गोल गरेपछि पहिलो हाफमा ब्राजिलले २–० को अग्रता लियो।

६६औं मिनेटमा ब्रुनोले गोल गरेपछि ब्राजिल ३–०को सहज अवस्थामा पुग्यो । त्यसपछि इन्जुरी समयमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ४–० को जित दिलाए ।

जितसँगै १७ खेलमा ४५ अंक जोडेको ब्राजिल अपराजित रहँदै यसअघि नै विश्वकपमा छनोट भइसकेको छ। बोलिभिया १५ अंक जोडेर नवौं स्थानमा छ ।

यसैगरी अर्को खेलमा विश्कवमा स्थान पक्का गरिसकेको अर्जेन्टिना बराबरीमा रोकिएको छ। दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो।सुरुआती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरी रोकियो।

खेलको २४औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको इन्जुरी समयमा इन्नर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई १–१ गोलको बराबरीमा ल्याए।

बराबरीसँगै १७ खेलमा ३९ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ। अर्जेन्टिनाले यस अघि नै विश्वकपमा स्थान बनाइसकेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सलाहा पेनाल्टीमा चुक्दा इजिप्ट बाहिरियाे, मानेकाे गाेलमा सेनेगल विश्वकपमा
Next post टि–२० आईमा दिलिप नाथको डेब्यू, मलेसियाविरुद्ध नेपालले बलिङ गर्ने
Close