पेले र त्यो रंगीन विश्वकप

सन् १९७० को विश्वकप सिधा प्रसारण भएको पहिलो संस्करण त पक्कै थिएन । त्यसको पनि चार वर्षअगाडि इंग्ल्यान्डले तत्कालीन पश्चिम जर्मनीलाई हराएर विश्वकप जित्दा त्यो फाइनल टेलिभिजनमा हेर्नेको संख्या थियो, ४० करोड । ती दिन थिए, श्यामश्वेत टेलिभिजन प्रसारणको । त्यतिबेला ब्राजिल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन थियो । तर चाँडै प्रतियोगिताबाट बाहिरियो ।

ब्राजिलको प्रदर्शन टेलिभिजन दर्शकको नजरमा कि कालो थियो, होइन भने सेतो । मेक्सिकोमा यही ब्राजिली टिमले लगाएको जर्सीमा पहेँलो पनि थियो, निलो पनि थियो । अहिले त यी सबै सामान्य लाग्न सक्छ, तर त्यतिबेला यो ठूलै क्रान्तिकारी उपलब्धि थियो । धेरैले यो विश्वकपलाई यसै कारण पनि सम्झिन्छन् ।

पेलेले हालै मात्र फिफाको वेबसाइटमा भनेका छन्, ‘अहिले पनि त्यो विश्वकपका कतिपय खेल र यससम्बन्धी टेलिभिजन कार्यक्रम अहिले पनि मज्जाले हेर्न सकिन्छ । यसलाई हेर्दा म अझै पनि भावुक हुने गर्छु ।’

यो पेलेले जितेको तेस्रो विश्वकप थियो । तर यही विश्वकपले पेलेलाई सर्वकालीन महान् फुटबल खेलाडी बनायो । पेले आफैं भन्छन्, ‘म आफ्नो खेलजीवनको उत्कृष्ट लयमा थिएँ ।’

उनी के मान्छन्, ब्राजिलको त्यो टिम अहिलेसम्मकै सबैभन्दा उत्कृष्टमध्ये एक थियो र सबैले यही टिमले विश्वकप जित्नेछ भनेर ठोकुवा गरिसकेका थिए । यस्ता दाबीले पेले आफैं भने चर्को दबाबमा आएका थिए अनि यसै विश्वकपका क्रममा पेलेले यस्ता तीन भूल पनि गरे । त्यो अन्य अवसरमा भए, शतप्रतिशत गोल हुने थियो, तर पेले ती सबैमा चुकेका थिए, नराम्ररी ।

प्रतियोगिताका सबै क्वाटरफाइनल जुन १४ मा भएको थियो । सबै खेल साँझ भएको थियो । त्यसमध्ये एक खेलमा इटालीले आयोजक मेक्सिकोलाई ४–१ ले हरायो । त्यसमा इटालीका लागि २ गोल गिगी रिभाले गरेका थिए । ब्राजिलले भने पेरुलाई ४–२ ले हरायो । त्यसमा रोबार्टो रिभेलिनो, टोस्टाओ र जैरजिन्होले गोल गरे । त्यसमा पेलेले भने गोल गरेनन् । इंग्ल्यान्डको टिम उस्तै थियो, सन् १९६६ मा विश्वकप जित्दाकै ।

यही टिम पश्चिम जर्मनीसँग अतिरिक्त समयमा ३–२ ले पराजित भयो । जर्मनीका लागि गोल गर्नेमा फ्रेन्ज बेकनबाउर र गड मुलर थिए । अर्को खेलमा उरुग्वे विजयी रह्यो । उसले तत्कालीन सोभियत संघलाई पन्छाएको थियो । ती दिन सोभियत संघ पनि कम्तीको टिम थिएन । यही उरुग्वेली टिमलाई ब्राजिलले सेमिफाइनलमा ३–१ ले हरायो । यसमा पनि पेलेले गोल गर्न सकेनन् ।

बरु क्लोडोल्डो, जैरजिन्हो र रिभेलिनोले गोल गरे । अर्को सेमिफाइनलमा इटालीले पश्चिम जर्मनीलाई पन्छाएको थियो । खेल आफैं भने अतिरिक्त समयसम्म पुगेको थियो । स्कोर रह्यो ४–३ । अतिरिक्त समयमा अग्रता त पश्चिम जर्मनीले नै लिएको थियो, तर जित इटालीको पक्षमा थियो । नराम्रोसँग चोटग्रस्त बेकनबाउर मैदानमा थिए, खेल्नै नसक्ने स्थितिमा । यस्तो किनभन्दा जर्मनीले दुई सब्स्टिच्युट प्रतियोगिता गरिसकेको थियो ।

अद्वितीय फाइनल

यो विश्वकपको सबैभन्दा उत्कृष्ट खेल त फाइनल नै थियो । इटाली वास्तवमै उत्कृष्ट टिम थियो । टिमका सबैभन्दा आकर्षक खेलाडी थिए, सान्ड्रो माजोला । टिमको डिफेन्स महान् इन्टर मिलानका खेलाडीमा टिकेको थियो र त्यसका नायक खेलाडी थिए, जियासिन्टो फाचेटी । तर यही रक्षापंक्तिलाई ब्राजिलले मज्जाले तहसनहस बनाएको थियो ।

फाइनल ब्राजिलको एजटेकामा भएको थियो । जहाँ दुई हजार दुई सय मिटरको अल्टिच्युड भूभाग हो । ब्राजिलले यस्तो आक्रामक फुटबलको नमुना पेस गरेको थियो कि यसलाई अझै पनि सबैले प्रशंसा गर्छन् र यस्तो गरेर थाक्दैनन् । त्यो त ब्राजिली प्रशिक्षक मारियो जगालो के मान्छन् भने आफ्नो टिमले इंग्ल्यान्डलाई १–० ले हराएको खेल सबैभन्दा राम्रो थियो ।

सायद यो उनको व्यक्तिगत विचार मात्रै थियो कि रु टेलिभिजनमा प्रसारित रंगीन फाइनलमा ब्राजिलले बुनेको आक्रमणलाई कोसेढुंगा मान्न सकिन्छ । पेलेले नै ब्राजिललाई सुरुआती अग्रता दिलाए । यो उनको प्रतियोगितामा चौथो व्यक्तिगत गोल थियो । बुरुचागाले पछि भनेका छन्, ‘म भन्ने गर्थें, पेले पनि त मासु र हड्डीले नै त बनेका मान्छे हुन्, सबै अरू जस्तै । तर गलत साबित भएँ ।’

पेलेको त्यो गोल लगत्तै रोबर्टो बोनिसेग्नाले इटालीका लागि बराबरी गोल फर्काए, तर त्यो स्थिति लामो समय टिकेन, गेर्सन र जैरजिन्होले एक–एक गोल गरिहाले, खेल इटालीको पहुँचबाट बाहिर गइसकेको थियो । यसपछि आउँछ, विश्वकपकै एक महान् गोल । यो यसरी सम्भव भएको थियो । लाग्थ्यो, कहीं फुटबल खेलकै आविष्कार ब्राजिल त होइन रु

यसलाई टिम गोलभन्दा हुन्छ । आठ खेलाडीले एकपछि अर्को पासबाट यो सम्भव भएको थियो । यसमा अन्तिम र निर्णायक पास उपलब्ध गराएका थिए पेलेले । अनि गोल गर्ने खेलाडी थिए, कार्लोस अल्बर्टो । केही वर्ष अगाडि अल्बर्टोले भनेका थिए, ‘अहिले आएर त्यो गोल वास्तवमै उत्कृष्ट थियो भन्ने लाग्छ, किनभने अहिलेसम्म पनि सबै यसकै चर्चा गरिरहन्छन् ।’

अझ उनले केसम्म भनेका छन् भने, ‘कोही पनि पेलेको पहिलो गोलको चर्चा गर्दैनन्, न त्यसपछिका दुई गोलको । सबैले खाली चौथो गोलकै मात्र कुरा गर्छन् । मेरो विचारमा यो विश्वकपकै सर्वाधिक उत्कृष्ट गोल हो ।’ खासमा यो उत्कृष्ट विश्वकपको उत्तिकै उत्कृष्ट अन्त्य पनि थियो । यसै विश्वकपपछि सबैले के पनि माने भने पेले जत्तिको खेलाडी कमै मात्र देख्न पाइन्छ ।

ब्राजिली टिमका सदस्य

फेलिक्स : पारम्परिक रूपमा ब्राजिल गोलरक्षकमा बलियो हुने गर्दैन । फेलिक्स पनि उत्तिकै अब्बल दर्जाका गोलरक्षक थिएनन् । साथी खेलाडीमाझ उनको सम्मान भने थियो । सन् २०१२ मा उनको निधन भयो, ७४ वर्षमा ।

कार्लोस अल्बर्टो टोरेस (कप्तान) : उनलाई सबैले सधैं सम्झने कारण हो, फाइनलमा गरेको चौथो गोल । उनी उत्कृष्ट डिफेन्डर थिए र पेलेसँग सान्तोसबाट खेल्थे । उनको सन् २०१६ मा निधन भएको थियो, त्यति बेला उनी ७२ वर्षका थिए ।

ब्रिटो : सेन्टर ब्याकका रूपमा खेल्ने ब्रिटो जति राम्रा खेलाडी थिए, उत्तिकै उनको खराब पक्ष पनि थियो । त्यो हो चर्को रिस । सन् १९७९ सम्म पनि उनले खेलिरहे, ४० वर्षको उमेरसम्म ।

विल्सन पियाजा : उनको खेलजीवनको सबैभन्दा उल्लेखनीय पक्ष भनेकै सन् १९७० को विश्वकप थियो । त्यसको चार वर्षपछिको विश्वकपमा सहभागी ब्राजिली टिमका कप्तान पनि बने । तर उनको टिमले राम्रो गरेन ।

एभराल्डो : उनलाई प्रशिक्षक मारियो जगालोले पहिलो रोजाइका लेफ्ट ब्याकको भूमिका दिएका थिए । त्यसलाई उनले खुबै इमान्दारितापूर्वक पूरा प्रतियोगितामा निभाए । सन् १९७४ मा उनको निधन भयो, कार दुर्घटनामा परेर ।

जैरजिन्हो : उनी त्यस्ता दुर्लभ खेलाडीमध्ये एक हुन्, जसले दुई संस्करणको विश्वकप जिते र दुवै अवसरमा फाइनलमा गोल पनि गरे । सन् १९७० मा उनले समग्रमा सात गोल गरे । उनैले रोनाल्डोको खोजी गरेको मानिन्छ ।

क्लोडोल्डो : फाइनलमा कार्लोस अल्बर्टोको गोल अगाडि चार इटालीका डिफेन्डरलाई छलाएको श्रेय क्लोडोल्डोलाई जान्छ । उनले सेमिफाइनलमा पनि गोल गरेका थिए, उरुग्वेविरुद्ध ।

गेर्सन : उनी प्लेमेकरको भूमिकामा मैदानमा उत्रन्थे । उनको बायाँ खुट्टाको प्रदर्शन गज्जब हुने गर्थ्यो । त्यसैले भनिन्छ, उनको त्यो बायाँ खुट्टा सुनको थियो ।

रिभेलिनो : मोटो जुंगाका धनी रिभेलिनो ब्राजिलले त्यो विश्वकप जित्दा २४ वर्षका मात्र थिए । प्रतियोगितामा उनले नै ब्राजिलका लागि गोलको खाता खोलेका थिए, चेकोस्लोभाकियाविरुद्ध ।

पेले : सन् १९५८ र १९६२ पनि पेलेले तेस्रोपल्ट विश्वकप जितेका थिए । सन् १९७० मा उनी २९ वर्षका थिए । यही विश्वकपको प्रदर्शनले उनी सबैको सधैंका लागि नजरमा परेका थिए ।

टोस्टाओ : उनी अग्रपंक्तिमा पेलेका साथी खेलाडी थिए, टोस्टाओ र पेलेको साझेदारी खुबै जमेको थियो । पेरुविरुद्धको क्वाटरफाइनल जितमा उनले २ गोल गरेका थिए ।

(कान्तिपुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *