विश्वकप छनोटमा अर्जेन्टिनासँग हार्‍यो ब्राजिल

22 Nov, 2023

फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल घरेलु मैदानमा अर्जेन्टिनासँग १–० ले पराजित भएको छ।

ब्राजिलको माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस ओटामेन्डीले ६३औं मिनेटमा एक मात्र गोल गरे। उनले जिओभानी लो सेल्सोको पासमा गोल गरे।

८१औं मिनेटमा जोएलिन्टनले रातो कार्ड पाएपछि ब्राजिल दश खेलाडीमा समेटिएको थियो।

दक्षिण अमेरिकी क्षेत्रको छनोटमा पाँचौ जितपछि अर्जेन्टिना खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ।

ब्राजिलको भने यो लगातार दोस्रो हार हो। यसअघि ब्राजिल कोलम्बियासँग पराजित भएको थियो। हारपछि ६ खेलबाट ७ अंक मात्र रहेको ब्राजिल छैटौं स्थानमा झरेको छ।

छनोटकै अन्य खेलमा उरुग्वेले बोलिभियालाई ३–० ले तथा कोलम्बियाले पाराग्वे र इक्वेडरले चिलीलाई समान १–० ले हराए।