ब्राजिलियन स्टार नेमार किन बार्सिलोना फर्कन चाहन्छन् ?

विश्वकै धनी मध्ये एक फ्रान्सेली क्लब पिएसजीबाट व्यवसायिक फुटबल खेलिरहेका ब्राजिलियन युवा स्ट्राइकर नेमार पुनः बार्सिलोना फर्कन चाहिरहेका छन् ।

नेमार सन् २०१७ मा १९ करोड ८० लाख पाउन्डमा बार्सिलोनाबाट अप्रत्यासित रूपमा नेमार पिएसजी आएका थिए । युरोपियन च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्य साथ पिएसजीलाई कीर्तिमानी रकमा नेमारलाई ल्याएको थियो । तर, पिएसजीले च्याम्पियन्स लिगमा दाबेदारी प्रस्तुत गर्न सकिरहेको छैन ।

त्यही बाट निरास बनेका नेमारले विन्टर ब्रेकमा क्याम्प नेउ फर्कन बार्सिलोनाका पदाधिकारीसँग गोप्य रूपमा कुराकानी गरेको बताइएको छ ।

नेमार पिएसजी आएको दुई वर्ष पनि बितेको छैन । विन्टर ब्रेकमा नेमारले ब्राजिलियन क्लब सान्तोषको सहयोगमा बार्सिलोनामा फर्कने कुरा चलाएको बुझिएको छ । यता, आफ्नो स्ट्राइकिङ पक्ष बलियो बनाउन नेमारलाई क्लबमा फर्काउने योजना बनाइरहेको छ । त्यसैले बार्सिलोनाको व्यवस्थापक पनि नेमारसँगको निर्णयप्रति खुसी देखिएको छ ।

गत नोभेम्बरमा नेमारका बुवाले लन्डनमा बार्सिलोनाको एजेन्टसँग कुरा चलाएका थिए । त्यसवेला केही निष्कर्ष निस्किएन । तर, नेमारका बुवा भने आफ्नो छोरो नयाँ वर्षमा पुनः बार्सिलोनाको जर्सीमा देखिन सक्ने अन्तर्राष्ट्रिय मिडियालाई प्रतिक्रिया दिएका थिए ।

सन् २०१३ मा नेमार सन्तोषबाट बार्सिलोनामा आवद्ध भएका थिए । यता पिएसजीले यस सिजनमा नेमार वा केलियन एम्बाप्पेमध्ये एकलाई मोटो रकममा बिक्री गर्न चाहेको छ ।

गत सिजनमा नेमार बढी जसो नै घाइते भए । जसका कारण उनले पिएसजीबाट पूरै सिजनमा खेल्न पाएनन् । १९ खेलमा नेमारले १७ गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP