रोड्रिगोको गोलमा रियल विजयी, रोकियो एट्लेटिको

Read Time:1 Minute

ब्राजिलियन युवा स्ट्राइकर रोड्रिगो गोसको निर्णायक गोल मद्दतमा च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले विजयी सुरुवात गरेको छ। बुधबार राति भएको खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई १–०ले हरायो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सब्टिच्युट खेलाडी रोड्रिगोले इडवार्डो कामाविंगाको पासमा ८९औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका थिए। घरेलु मैदानमा सानसिरोमा इन्टरले रियलमाथि दबाब बनाए पनि गोल गर्न सकेन । रियलका किपर थिवो कोर्टुवाले केही उत्कृष्ट बचार गरेका थिए।

यसैगरी अर्को खेलमा एट्ल्टिको मड्रिड बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिड पोर्चुगिज क्लब पोर्टोसँग गोलरहित बराबरीमा रोकिएको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बेसिकटासविरुद्ध डर्टमन्डको जित
Next post च्याम्पियन्स लिगमा दुई इंग्लिस लिभपरपुल र सिटी विजयी
Close