साल्केको खराब लय कायमै, रेलिगेसन जोनको बेर्डरसँग १–०ले पराजित

जर्मन बुन्डेस लिगामा साल्केले आफ्नो खराब प्रदर्शनलाई निरन्तार दिएको छ । बुन्डेस लिगामा आफ्ना खराब प्रदर्शनलाई निरन्तरता दिने क्रममा साल्के शनिबार राति रेलिगेसन जोनमा रहेको बेर्डरसँग १–०ले पराजित भयो ।

कोरोना भाइरसको महामारी पछि पुनः सुरु भएको बुन्डेस लिगामा साल्केले लागतार तीन खेल हारेको छ । पहिलो खेलमा बोरुसिया टर्डमन्डसँग ४–०ले पराजित भएको साल्के दोस्रो खेलमा डुसेलडोर्फसँग २–१ले पराजित भएको थियो ।

साल्केविरुद्ध बेर्डरलाई जित दिलाउन लियोनार्दो बिटेनकोर्टले निर्णायक गोल गरे । उनले ३२औं मिनेटमा गोल गोल गरेका थिए । खेलमा साल्केले ९ सट प्रहार गरेकोमा १ सटमात्र फ्रेममा थियो भने बेर्डरले ५ सट प्रहार गर्दा २ सट फ्रेममा थियो । साल्के ३७ अंकका साथ १०औं स्थानमा छ भने बेर्डर २५ अंकका साथ १७औं स्थानमा छ ।

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा होफनहाइम विजयी भयो । उसले माइन्जविरुद्ध १–०को कठीन जित निकाल्यो । होफेनहाइमको जितमा ल्हास बेबोउले ४३ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै होफेनहाइम सातौं स्थानमा उक्लिएको छ । होफेनहाइमको ४२ अंक छ भने माइन्जको २८ अंक छ।

यस्तै, अर्को खेलमा फ्र्यांकफर्टले वुल्फ्सबर्गलाई २–१ले हरायो भने हर्थ बर्लिनले असबर्गलाई २–०mले हरायो । फ्यांकफर्टको ३२, वुल्फ्सवर्गको ४२, हर्थको ३८ र असबर्गको ३१ अंकक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *