इपिएलको पहिलो खेलमै ब्रेन्टफोर्डको जित, आर्सनल २–०ले पराजित

Read Time:1 Minute

इपिएलको नवप्रवेशी क्लब ब्रेन्टफोर्डले लिगमा सानदार सुरुवात गरेको छ । ७४ वर्षपछि पहिलो पटक प्रिमियर लिग खेलिरहेको ब्रेन्टफोर्डले आर्सनललाई २–०ले हराउँदै लिगमा सानदार सुरुआत गरेको हो।

ब्रेन्टफोर्डको जितमा विजयी टिमका लागि सर्जी कानोस र क्रिस्टियन नोरगार्डले गोल गरे । उसले दुवै हाफमा समान १ गाल गरेको थियो।

२२औं मिनेटमा डिबक्सभित्रबाट कानोसले उत्कृष्ट गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफ १–०मै सकियो । ७३औं मिनेटमा नोरगार्डले गोल गर्दै टिमलाई २–०को जित दिलाए।

खेलमा पहिलो हाफमा ब्रेन्टफोर्डले दबाब बनाएको थिाये, तर दोस्रो हाफमा भने आर्सनलले ब्रेन्टफोर्डलाई पूर्ण दबाबमा राख्यो । तर, गोल भने गर्न सकेन । उसले ६६ प्रतिशत बल पोजेसन बनाउँदै २२ सट प्रहार गरेको थियो, त्यसमध्ये ४ सटमात्र फ्रेममा थियो । यता ब्रेन्टफोर्डले ८ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो।

ब्रेन्टफोर्डको कम्युनिटी स्टेडियममा १७ हजार दर्शकको उपस्थिति थियो र यो सन् २०२० को मार्चयता प्रिमियर लिगमा पूरा रंगशाला दर्शकले भरिएको पहिलो पल्ट हो । र्सनलको छिमेकी क्लब ब्रेन्टफोर्ड पहिलो पल्ट प्रिमियर लिगमा खेलेको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पोचेटिनो भन्छन्– पिएसजीको जर्सीमा मेसीलाई हेर्न केही समय पर्खनुस्
Next post लगातार सात सिजन बुन्डेस लिगाको उद्घाटन खेलमा लेवान्डोस्कीको गोल, हारबाट जोगियो बायर्न
Close