ब्रेन्टफोर्डले भित्र्यायाे कंगोका स्ट्राइकर विस्सा

यसैसिजन इंग्लिस प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले कंगोका स्ट्राइकर योअनी विस्सालाई अनुबन्धन गरेको छ । ब्रेन्टफोर्डले २५ वर्षीय स्ट्राइकर विस्सालाई फ्रेन्च क्लब लोरियन्टबाट अनुबन्धन गरेको हो।

ब्रेन्टफोर्डले ८.५ मिलियन युरोमा विस्सलाई अनुबन्धन गरेको हो। उनले ब्रेन्टफोर्डसँग ४ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२५ सम्म ब्रेन्टफोर्डमा रहेन छन्।

२४ वर्षीय वित्साले लोरियन्टका लागि ११७ खेल खेल्दै ३५ गोल गरेका छन् । उनले कंगोको राष्ट्रिय टिमबाट २ खेल खेलेका छन्।

Facebook Comments Box