अग्रता जोगाउन नसक्दा हार्‍यो आर्सनल

कोरोना भाइरसको महामारीपछि पुनः सुरु भएको इंग्लिस प्रिमियर लिगमा आर्सनलले खराब प्रदर्शन गरेको छ । शनिबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग २–१ले पराजित भयो ।

इपिएलमा आर्सनलको यो लगातार दोस्रो हार हो । पुनःसुरु भएको लिगको पहिलो खेलमा आर्सनल म्यान्चेस्टर सिटीसँग ३–०ले पराजित भएको थियो ।

ब्राइटनको मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल पराजित हुन बाध्य भयो । आर्सनलका निकोलस पेपेले गोल गर्दा ब्राइटनका लेविस डंक र नेल माउपेले गोल गरेका थिए ।

यी दुईबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६८औं मिनेटमा डिबक्सको लेफ्ट कर्नरबाट उत्कृष्ट गोल गर्दै पेपेले आर्सनललाई अगैता दिलाए । ७५औं मिनेटमा डंकले गोल गर्दै खेललाई बरारीमा ल्याए । इन्जुरी समयमा माउपेले गोल गरेपछि आर्सनल स्तब्ध भयो ।

खेलमा आर्सनलले ६८ प्रतिशत बल पोजेसन बनाएको थियो । खेलमा दुवै समान ११ सट प्रहार गरेका थिए भने दुवैका ६ सट फ्रेममा थिए । आगामी खेलमा आर्सनलले साउथह्याम्पटनसँग खेल्ने छ भने ब्राइटनले लेस्टर सिटीको सामाना गर्ने छ ।

४० अंक जोडेको आर्सनल नवौं स्थानमा छ भने ३२ अंकका साथ ब्राइटन १५औं स्थानमा छ । ८२ अंकका साथ लिभरपुल शीर्ष स्थानमा छ भने ६८ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *