म्यान्चेस्टर युनाइटेडका पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेस शुक्रबारबाट २९औं वर्षमा लागे। आफ्नो जीवनको २९औं वर्षको सुरुआत उनले गोलबाट गरेका छन्, र आफ्नो जन्मदिनलाई विशेष बनाएका छन्।
बर्थ डे बोइ फर्नान्डेसको निर्णायक गोल मद्दतमा युरोकप छनोटमा पोर्चुगलले लागतार पाचौं जित निकालेको छ। छनोटमा लागतार पाँचौं जित निकाल्ने क्रममा पोर्चुगलले शुक्रबार राति स्लोभाकियालाई १–०ले हरायो।
यो जितसँगै पोर्चुगल जर्मनीमा हुने युरोकपका लागि छनोट भएको छ। स्लोभाकियाको घरेलु मैदानमा पोर्चुगलका लागि निर्णायक गोल ब्रुनो फर्नान्डीजले ४३ औं मिनेटमा गरेका थिए।
पोर्चुगल ५ खेलमा शतप्रतिशत जितका साथ समूह ‘जे’ को शीर्षस्थानमा रहेको छ।