युभेन्ट्स छाड्ने बुफनको घोषणा

४३ वर्षीय लिजेन्ड गोलकिपर जियानलुइजी बुफनले युभेन्ट्स छाड्ने घोषणा गरेका छन्। युभेन्ट्समा १९ सिजन बिताएका बुफनले सिजनको अन्त्यसँगै क्लब छाड्ने बताएको छन् ।

एक अन्तर्वार्ताका क्रमम बुफनले क्लब छाड्ने यो सही समय भएको भन्दै युभेन्ट्ससँग सम्झौता नवीकरण नगर्ने बताए । ‘हामी एक चक्रको अन्त्यमा पुगेका छौँ । त्यसैले बिदा लिनु ठिक हो । जुभेन्ट्ससँगको यो सुन्दर र लामो अनुभव यस वर्षको अन्त्यमा सकिनेछ’ उनले भनेका छन्।

युभेन्ट्स छाड्ने बुफनको घोषणासँगै धेरैले उनले फुबटल करिअरबाट पनि सन्न्यास लिने अड्कल गरेका छन् । तर, बुफनले खेल जीवनलाई निरन्तरता दिने या टुंग्याउने भन्ने विषयमा निष्कर्षमा पुगिनसकेको बताएक छन्। उनले भने, ‘अझै खेल्ने कि छाड्ने भन्नेमा दोधारमा छु । मलाई खेल्नका कसैले प्रेरित ग¥यो भने खेल्छु होला । या, जीवनको नयाँ अनुभव संगाल्न पनि सक्छु ।’

सन् २००१ मा पार्माबाट युभेन्ट्स आएका बुफनो त्यसयता लगतार १७ सिजन युभेन्ट्सका लागि खेले । उनी सन् २०१८मा युभेन्ट्स छाड्दै फ्रेन्च क्लब पिएसजी गएका थिए, त्यहाँ एक सिजन बिताए उनी फेरि युभेन्ट्स नै फर्किएका थिए ।

बुफनले युभेन्ट्सबाट १० सिरि ए र ४ पटक कोपा इटालिया जितेका छन्। उनले युभेन्ट्सका लागि ६८३ खेल खेलेका छन्।

विश्वकप विजेता बुफनले इटालीबाट १७६ खेल खेलका छन् । इटालीले सन् २००६ को विश्वकप जित्दा उनी टिमका मुख्य खेलाडी थिए। राष्ट्रिय टिमबाट उनले सन् २०१८ मा सन्न्यास लिएका थिए।

Facebook Comments Box