क्लब फुटबलफुटबल

साका बने इंग्ल्यान्डको सर्वोत्कृष्ट खेलाडी

आर्सनलका विंगर बुकायो साका लगातार दोस्रो वर्ष इंग्लयान्डको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

२२ वर्षीय विंगर सका समर्थकको भोटमा अधारमा वर्ष खेलाडी घोषित भएका हुन्। अघिल्लो सिनज पनि साकाले नै यो अवार्ड जितेका थिए।

लगातार दोस्रो वर्ष सर्वोत्कृष्ट खेलाडी बन्ने क्रममा साकाले रियल मड्रिडका मिडफिल्डर जुड बेलिङहम र बार्यन म्यूनिखका ह्यारी केनलाई पछि पारे।

अघिल्लो सिजन साकाले क्लब र देश दुवैका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले इंग्ल्याण्डका लागि १० खेल खेल्दै करिअरको पहिलो ह्याट्रिकसहित ७ गोल गरेका थिए भने आर्सनलका लागि ४८ खेलमा १५ गोल गरेका थिए।

उनले अघिल्लो सातामात्र पिएफए युवा वर्ष खेलाडीको अवार्ड समेत जितेका थिए।