बुन्डेस लिगा : असवर्ग विजयी, लेभरकुसन रोकियो

जर्मन बुन्डेस लिगामा अर्सवर्ग विजयी हुँदा बायर लेभरकुसन बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा असवर्गले माइन्जमाथि १–०को जित निकाल्दा लेभरकुसन साल्केसँग १–१ गोलको बराबरीमा रोकियो ।

माइन्जको मैदानमा भएको खेलमा असवर्गलाई जित दिलाउने क्रममा फ्लोरिन नेइडेर्लेचनरले निर्णायक गोल गरे । उनले पहिलो मिनेटमै गोल गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र असबर्गले खेल १–०ले जित्यो ।

जितपछि असवर्ग तालिकाको १३औँ स्थानमा उक्लिएको छ । उसको ३१ खेलमा ३५ अंक भएको छ भने माइन्ज ३१ अंकका साथ १५औं स्थानमा छ ।

यसैगरी आइतबार राति नै भएको अर्को खेलमा लेभरकुसन र साल्केले १–१ गोलको बराबरी खेलेका छन् । साल्केको मैदानमा भएकोको पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

५१औं मिनेटमा ड्यानिअल कालिगिउरीले गोल गर्दै साल्केलाई अग्रता दिलाए । उनले पेनाल्टीमा गोल गरेका थिए । ८१औं मिनेटमा जुआन मिरान्डाले आफ्नै पोष्टमा गोल गरेपछि लेभरकुसन हारबाट जोगियो ।

लेभरकुसन ५७ अंकका साथ चौथो स्थानमा छ भने ३९ अंक जोडेको साल्के नवौं स्थानमा छ । ७३ अंक जोडेको बायर्न म्युनिख शीर्ष स्थानमा छ भने ६६ अंकका साथ बोरुसिया डर्टमन्ड दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *