बुन्डेसलिगा : साल्केलाई हराउँदै लेइपजिग शीर्ष स्थानमा, हल्यान्ड चम्किँदा डर्टमन्ड विजयी

साल्केमाथि सानदार जित निकाल्दै आरबी लेइपजिग बुन्डेसलिगाको शीर्ष स्थानमा उलिक्एको छ । शनिबार राति भएको खेलमा साल्केमाथि ४–०को सहज जितसहित लेइपजिग शीर्ष स्थानमा उक्लिएको हो ।

तीन खेलमा २ जित र १ बराबरीको नतिजा निकालेको लोइपजिग ७ अंकसहित शीर्ष स्थानमा रहेको हो । फ्र्यांकफर्टको पनि तीन खेलमा ७ अंक नै भएपनि ऊ गोल अन्तरमा पछि रहँदै दोस्रो स्थानमा छ ।

रेडबुल एरिनामा लेइपजिगलाई सानदार जित दिलाउन एन्जेलिनो, विल्ली ओर्बन र मार्सेल हल्सटेनवर्गले गोल गरे । अर्को गोल साल्केका खेलाडीले आत्मघाती गरेका थिए । लेइपजिग पहिलो हाफमा ३ र दोस्रो हफमा १ गोल गरेको थियो ।

३१औं मिनेटमा बोज्डोगानको आफ्नै पोस्टमा गोल गरेपछि लेइपजिगले सुरुवाती अग्रता लियो । ३५औं मिनेटमा एन्जेलिनोले गोल गर्दै लेइपजिगको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा ओर्बनले गोल गर्दै लेइपजिगको अग्रता ३–० बनाए । ८०औँ मिनेटमा हल्सटेनवर्गले पेनाल्टीमार्फत गोल गरेपछि लेइपजिगले ४–०को जित निकाल्यो ।

यसैगरी युवा स्ट्राइकर इर्लिङ हल्यान्ड चम्किएपछि बोरुसिया डर्टमन्डले पनि बुन्डेसलिगामा सहज जित निकालेको छ । उसले घरेलु मैदानमा फ्राइबर्गलाई ४–०ले हराएको छ । डर्टमन्डका लागि इर्लिङ हल्यान्डले दुई गोल गरे भने इम्री च्यान र फेलिक्स पास्लकले एक–एक गोल गरे ।

खेलको ३१ औं मिनेटमा हल्यान्डले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए । ४७औं मिनेटमा च्यानले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । यस्तै, ६६औं मिनेटमा हल्यान्ड र इन्जुरी समयमा फेलिक्सले गोल गरेपछि डर्टमन्डले ४–०को सजत जिन निकाल्यो ।

यसैगरी अन्य खेलमा फ्र्यांकफर्टले होफेनहाइमलाई २–१ ले हराउँदा बोरुसिया मन्चेनग्लाबाचले कोल्नलाई ३–१ र ब्रेमेनले अर्मिनियामाथि १–०को जित निकालेका छन् । यस्तै, बायार लेवरकुसनले स्टुटगार्डसँग १(१ गोलको बराबरी खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP