लियोनका स्ट्राइरक म्याक्सवेल कोर्नेट बर्नलीमा

फ्रेन्च क्लब लियोनका स्ट्राइकर म्याक्सवेल कोर्नेट इंग्लिस क्लब बर्नलीमा आबद्ध भएका छन्। बर्नलीले आइतबार २४ वर्षीय कोर्नेटलाई क्लबमा अनुबन्धन गरेको हो।

बर्नलीले आइभोरी कोस्टका स्ट्राइकरलाई १७.५ मिलियन युरोमा अनुबन्धन गरेको हो । उसले कोर्नेटसँग ५ वर्षको सम्झौता गरेको छ। सन् २०२६ सम्म बर्नलीमा रहने कोर्नेटले २० नम्बरको जर्सी लगाउने छन्।

कोर्नेट सन् २०१४मा मेन्ट्जबाट लियोन आएका थिए । लियोनमा ५ सिजन बिताउँदा उनले २५२ खेल खेल्दै ५१ गोल गरेका थिए । २४ वर्षीय कोर्नेटले आइभरी कोस्टका लागि २१ खेलमा ४ गोल गरेका छन्।

Facebook Comments Box