लेवान्डोस्कीको ह्याट्रिकमा बायर्न नकआउट चरणमा, बार्सिलोनाको कठीन जित

१७ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिगमा आफ्नो १०० औं खेलमा रोबर्टो लेभान्डोस्कीले ह्याट्रिक गर्दै बायर्न म्युनिखले बेन्फिकालाई हराएको छ र नकआउट चरणमा पुगेको छ ।

मंगलबार राति भएको खेलमा बायर्नले बेन्फिकालाई ५–२ को फराकिलो अन्तरले हराएको हो । बायर्नको जितमा लेभान्डोस्कीले २६, ६१ र ८१ औं मिनेटमा गोल गरेका हुन् । गनाब्री र सानेको नाममा एक–एक गोल रह्यो ।

यसैगरी अंशु फातीको गोलमा बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा वेडिनामो किभलाई १(० ले पराजित गरेको छ। समूह ई मा लगातार दोस्रो जितपछि बार्सिलोनाले ६ अंक जोडेको छ । त्यसअघिका दुई खेलमा बार्सिलोनाले लगातार हार बेहोरेको थियो । डिनामो किभको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि फातीले ७०औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

जितपछि बार्सिलोना चार खेलबाट ६ अंकसहित समूह ई को दोस्रो स्थानमा छ । साथै नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । यस समूहमा लगातार चार खेल जित्दै बायर्न म्युनिखले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।

Facebook Comments Box