
साल्जबर्गसँग हारबाट जोगियो बायर्न
च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेगमा जर्मन क्लब बायर्न म्यूनिख हारबाट जोगिएको छ। बुधबार राति भएको खेलमा इन्जुरी समयको गोल गरेपछि बायर्नले अस्ट्रियन क्लब आरबी साल्जवर्गसँग १–१ गोलको बराबरी खेलेको हो।
साल्जवर्गको मैदानमा खेलको ९० औं मिनेटमा किंग्सले कोम्यानले गोल गरेपछि बायर्न हारबाट जोगिएको हो । त्यसअघि खेलको २१ औं मिनेटमा चुकबुइके एडामुले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
अब दुई टोलीबीचको दोस्रो लेग मार्च ८ मा हुनेछ । दोस्रो लेग बायर्नको मैदानमा हुनेछ ।