सी डिभिजन लिग छनोट सुरु, उद्घाटन खेलमा सतासीधाम र च्याम्पियन्स बोइजले खेले बराबरी

सी डिभिजन लिग छनोट प्रतियोगिता आजबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भएको छ। ७८ क्लब सहभागी छनोटको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लब र च्याम्पियन्स बोइज एफसीले बराबरी खेलेका छन् ।

बिहीबार भएको खेलमा सातासीधाम र च्याम्पियन क्लबले २–२ को बराबरी खेले । खेलमा सातासीधामका लागि मनिस लिम्बु र मिलन परियारले गरेका थिए भने च्याम्पियन्स बोइजका लागि राजन मगर र खेयराज राईले गोल गरे।

प्रतियोगिता असोज २३ सम्म संचालन हुनेछ। सहभागी ७८ टिमलाई २६ समूहमा विजभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष टिम दोस्रो चरणमा प्रवेश गर्ने छन् । दोस्रो चरण पुगेको २६ टिमलाई तीन समूहमा विभाजन गरिने छ । समूहका शीर्ष तीन टिम सी डिभिजन लिगका लागि छनोट हुने छन्।

सी डिभिजन लिग उद्घाटन कार्यक्रममा राखेप सदस्य सचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायत उपस्थित थिए।

Facebook Comments Box