सी डिजिभन छनोट भदौ १ बाट

सहिद स्मारक सी डिभिजन लिगको छनोट प्रतियोगिता आगामी भदौ पहिलो साताबाट हुने भएको छ ।

बिहीबार सूचना जारी गर्दै सी डिभिजन छनोट भदौ १ गतेबाट सुरु हुने शुरु हुने जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको छ ।

एन्फाले छनोटमा सहभागी हुनका लागि क्लबले साउन २५ गतेभित्र टिम दर्ता गर्नुपर्ने जनाएको छ ।

टिम दर्ता गर्न ३० हजार शुल्क लाग्नेछ । सी डिभिजन लिग यसै वर्ष आयोजना जनाइएको छ । छनोट प्रतियोगिताबाट उत्कृष्ट टिम सी डिभिजनमा पुग्नेछ ।

Facebook Comments Box