काग्लिरी र रोमाका ४ खेलाडीमा कोरोना संक्रमण

इटानलिय क्लब काग्लिरी र रोमाका चार खेलाडीमा कोरोना संक्रमण देखिएको छ । बुधबार काग्लिरीका ३ र रोमाका १ खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।

काग्लिरीका क्रोएसियन मिडफिल्डर फिलिप ब्राडरिक र इटालियन खेलाडीद्वय डिफेनडर लुका सिपिटेली र स्ट्राइकर अल्बर्टो सेरीलाई कोरोना संक्रमण पुष्टि भएको क्लबले जनाउको छ । यस्तै रोमाका इटालियन किपर एन्टोनियो मिरान्टीमा पनि कोराण संक्रमण देखिएको छ ।

बुधबार तीन खेलाडीमा कोरोना संक्रमण देखिएपछि काग्लिरीले प्रशिक्षक बन्द गरेको छ । तीनै खेलाडीलाई आइसोलेसनमा राखिएको छ । यसअघि पनि काग्लिरीका २ खेलाडीमा कोरोना देखिएको थियो । सोमबार मात्र क्लबका बुल्गेरियन खेलाडी किरिल डेसपोडोभमा संक्रमण देखिएको छ ।

काग्लिरीले कोरोना देखिएका आफ्ना पाँचै खेलाडी आइसोलेसनमा रहेको जनाएको छ । यता, रोमका किपर मिरान्टीले आफू आइसोलेसनमा रहेको बताउँदै कुनै लक्षण नदेखिएको र सहज महसुस गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP