तीन दशकपछि क्यानडा विश्वकपमा, अमेरिका पनि छनोट नजिक

Read Time:2 Minute

क्यानडा तीन दशक पछि विश्वकपका लागि छनोट भएको छ। कतार विश्वकपको कोन्काफ क्षेत्रको छनोटमा जमैकालाई ४–० ले हराउँदै क्यानडा विश्वकपमा ३६ वर्षपछि विश्वकप छनोट भएको हो ।

यसअघि क्यानडाले सन् १९८६ मा विश्वकप खेलेको थियो । १३ खेलमा २८ अंक जोडेको क्यानडा शीर्ष स्थानमा छ ।

१३ औं मिनेटमा केली लारिनले गोल गर्दै क्यानडालाई सुरुआती अग्रता दिलाएका थिए ।

४४ औं मिनेटमा टाजोन बुचाननले गोल गर्दै क्यानडालाई २–० को अग्रता दिलाए । ८२ औं मिनेटमा जुनियर होइलेट र ८८ औं मिनेटमा जमैकाका एड्रियन मारिप्पाले आत्मघाती गोल गरेपछि क्यानडा ४–० ले विजयी भयो।

यसैगरी पानामामाथि ५–१को फराकिलो जित निकाल्दै अमेरिका पनि विश्वकप नजिक पुगेको छ। अमेरिकाको जितमा चेल्सीका स्टार क्रिस्टियन पुलिसिचले ह्याट्रिक गरे।

१७ औं मिनेटमा पुलिसिचले पेनाल्टीबाट गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाए । २३ औं मिनेटमा पाउलले अमेरिकाको अग्रता दोब्बर बनाए ।

२७ औं मिनेटमा जेसस फेरिराले गोल गर्दै अमेरिकालाई ३–० को अवस्थामा पु¥याए । पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमै पुलिसिचले गोल गरेपछि अमेरिकाले पहिलो हाफमा ४–०को अग्रतालियो ।

६५ औं मिनेटमा पुलिसिचले गोल गर्दै ह्याट्रिक पुरा गरे। ८६ औं मिनेटमा पानामाका एनिबल गोडोयले गोल अग्रता कम गर्ने प्रयास गरे।

१३ खेलमा २५ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । पानामा १८ अंक जोडेर पाँचौं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाली टिम थाइल्यान्डबाट आज स्वदेश फर्कंदै
Next post नेपालले दियो पपुवा न्युगिनीलाई १८४ रनको लक्ष्य
Close