स्वीडेनलाई हराउँदै क्यानडाले जित्यो महिला फुटबलको स्वर्ण

टोक्योमा जारी ओलम्पिकको महिला फुटबलको स्वर्ण क्यानडाले जितेको छ। शुक्रबार टोक्योमा भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३–२ले पराजित गर्दै क्यानडाले महिला फुटबलको स्वर्ण जितेको हो।

क्यानडाले महिला फुटबलका पहिलो पटक स्वर्ण जित्यो । यससअघि सन् २०१२ र सन् २०१६को ओलम्पिकमा क्यानडाले कास्य पदक जितेको थियो।

यता, स्वीडेन भने लगातार दोस्रो पटक फाइनल पुगेर पनि स्वर्ण जित्न असफल भयो । सन् २०१६को रियो ओलम्पिकमा स्वीडेन फाइनलमा जर्मनीसँग पराजित भएको थियो।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलमा ३० मिनेट समय थप गरिएको थियो। सो समयमा दुवै टिमबाट गोल हुन नसेकपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो।

निर्धारित समयमा स्वीडेनका लागि स्टिना ब्ल्याकटेनियस ११ औं मिनेटमा गोल गरेकी थिइन् भने क्यानडाका लागि जेसिइ प्लेमिङले ६७औं मिनेटमा पेनाल्टीमा गोल गरेकी थिइन्।

Facebook Comments Box