ब्राजिलको प्रशिक्षक बन्दै एन्सोलोटी

Read Time:2 Minute

स्पेनिस क्लब रियल मड्रिडका इटालियन प्रशिक्षक कार्लो एन्सोलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने भएका छन्। एन्सोलोटीले ब्राजिलको प्रस्ताव स्वीकार गरेको बताइएको छ।

स्पोर्ट्स न्युज पोर्टल इएसपिएनका अनुसार एन्सोलोटी सिजनको अन्त्यसँगै ब्रालिजको मुख्य प्रशिक्षक बन्ने बताएको छ। एन्सोलोटी र ब्राजिलियन फुबटल एसोसियनबीच मौखिक सहमति भएको उसले उल्लेख गरेको छ।

मौखिक सहमति अनुसार एन्सोलोटीले सन् २०२३को जुनदेखि २०२६को विश्वकपसम्मका लागि सम्झौता हुनेछ।

कतार विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएसँगै मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएपछि ब्राजिल मुख्य प्रशिक्षकको खोजीमा छ। ब्राजिलियन फुटबल एसोसियन यो पटक ब्राजिल बाहिरकै प्रशिक्षक ल्याउने पक्षमा छन्।

एन्सोलोटीअघि ब्राजिलले पेप ग्वार्डिओला, जिनेदिन जिदान र जोसो माउरिन्होलाई प्रस्ताव गरेको थियो । तर, ती सबै प्रस्ताव अस्वीकृत भएको थियो।

अघिल्लो सिजन ला लिगा र च्याम्पियन लिग उपाधि दिलाएका एन्सोलोटी यो सिजन दबाबमा छन्। यो सिजन ला लागि, च्याम्पियन्स लिग र कोपा डेल रे मध्ये कुनै एक उपाधि जित्न नसके उनी बर्खास्तीमा पर्न सक्छन्, त्यसैले उनी त्यो अघि नै क्लब छाड्न चाहन्छन्।

एन्सोलोटी ब्राजिलको मुख्य प्रशिक्षक बने त्यो ब्राजिलका लागि पनि फाइदा हुनेछन्। एन्सोलोटीकै प्रशिक्षणमा रियलमा भिनिसियस जुनियर, रोड्रिगो र इडर मिलिटाओले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। सन् २०२६को विश्वकपमा उनीहरु ब्राजिलको मुख्य खेलाडी बन्नेछन्। त्यसैले एन्सोलोटीको आगमन ब्राजिलका लागि सुखद् हुनेछ।

Happy
Happy
67 %
Sad
Sad
4 %
Excited
Excited
13 %
Sleepy
Sleepy
2 %
Angry
Angry
4 %
Surprise
Surprise
10 %
Previous post रग्बी लिग माघ २९ बाट दशरथ रंगशलामा हुने
Next post जुनियर फुबटलमा अर्किडको सफल सुरुआत
Close