
चेक रिपब्लिकलाई हराउँदै स्पेन शीर्ष स्थानमा
Read Time:1 Minute
यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकमाथि २–०को जित निकाल्यो ।
स्पेनको जितमा पाब्लो सराबियो र कार्लोस सोलेरले गोल गरे । खेलको २४ औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाए । उनले मार्को असेन्सियोको पासमा गोल गरेका थिए।
त्यसपछि खेलको ७५ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाए । त्यसपछि कुनै गोल नहुँदा स्पेन विजयी भयो।
जितसँगै स्पेन लिग ए समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । स्पेनले ४ खेलमा ८ अंक जोडेको छ । चेक रिपब्लिक ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा छ ।