काभानी र फर्नान्डेस चम्किँदा रोमाको पोस्टमा युनाइटेडको ६ गोल

युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो खेलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ । बिहीबार राति घरेलु मैदान ओर्ल्ड ट्राफोर्डमा भएको खेलमा इडिन्सन काभानी र ब्रुनो फर्नान्डेसले उत्कृष्ट प्रदर्शन गरेपछि युनाइटेडले इटालियन क्लब एएस रोमामाथि ६–२को सानदार जित निकाल्यो।

युनाइटेडको जितमा काभानी र फर्नान्डेसले समान २ गोल गरे भने पाउल पोग्बा र मासन ग्रीनउडले पनि १–१ गोल गर्न भ्याए । यता, रोमाका लोरेन्जो पेल्लेग्रिनी र एडिन डेज्कोले गोल गरे।

पहिलो हाफमा २–१ले पछि परेको युनाइटडले दोस्रो हाफमा ५ गोल थप्दै सानदार जित निकाल्यो । घरेलु मैदानमा नवौं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। तर, १५ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

३४औं मिनेटमा डेज्कोले गोल गरेपछि पहिलो हाफमा रोमा २–१ ले अघि रह्यो। ४८औं मिनेटमा काभानीले गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाए । ६४औं मिनेटमा काभानीले नै गोल गरेपछि खेलमा युनाइटेड ३–२ले अघि रह्यो।

७१ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गरेपछि युनाइटेडले ४–२ को अग्रता लियो। ७५औं मिनेटमा पोग्बा र ८६ औं मिनेटमा ग्रीनउडले गोल गरेपछि युनाइटेडले रोमामाथि ६–२को सानदार जित निकाल्यो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.