अलाभेसको पोस्टमा सेल्टाभिगोको गोलको वर्षा

स्पेनिस ला लिगामा सेल्टाभिगोले अलाभेसको पोस्टमा गोलको वर्षा ग¥यो । आइतबार साँझ घरेलु मैदानमा सेल्टाभिगोले अलाभेसको पोस्टमा आधा दर्जन गोल गर्दै लिगमा फराकिलो जित निकाल्यो।

१० खेलाडीमा सीमित अलाभेसविरुद्ध सेल्टाभिगोलाई सानदार जित दिलाउने क्रममा राफिन्हाले दुई गोल गरे भने जेइसन मुरिल्लो, इयागो आसपस, नोलिटो र सान्टी मिनाले एक एक गोल गरे ।

खेलको १४ औं मिनेटमा जेइसनले गोलमा अग्रता लिएको सेल्टाभिगोले २० औं मिनेटमा आसपसको गोलमा अग्रता दोब्बर बनायो । २७ औं मिनेटमा मार्टिनले रातो कार्ड पाएपछि डिपोर्टिभो १० खेलाडीमा समेटियो । ४० र ४१औं मिनेटमा राफिन्हाले लागतार गोल गरेपछि सेल्टाभिगोले पहिलो हाफमै ४–०को अग्रता बनायो ।

दोस्रो हाफमा पनि सेल्टाभिगोको सोही लयलाई निरन्तार दियो र २ गोल थप्यो । ७८औं मिनेटमा नोलिटोले पेनाल्टीमा गोल गर्दै सेल्टालाई ५–० को अग्रता दिलाए भने ८६औं मिनेटमा मिनाले गोल गरेपछि सेल्टाभिगोले ६–० को सानदार जित निकाल्यो ।

जितसँगै सेल्टा ३० अंक जोडेर लिगको १६ औं स्थानमा उक्लिएको छ भने पराजित अलाभेस ३५ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ६५अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहँदा १ खेल कम खेलेको रियल मड्रिड ६२ अंकका साथ दोस्रो स्थाना छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.