सयौं खेलमा लुकाकुको गोल, बेल्जियमको सहज जित

आइतबार स्ट्राइकर लुकाकुले राष्ट्रिय टिमका लागि १ सय खेल र गोल पनि गरे । लुकाकुको सयौं खेलमा लुकाकुले गोल गरेपछि बेल्जियमले विश्वपकको युरोपियन छनोटमा ३–०को सहज जित निकालेको छ।

२८ वर्षीय लुकाकुले बेल्जियमका लागि एक सय खेलमा ६७ गोल गरेका छन्। उनले सन् २०१० मा स्लोभेनियाविरुद्ध गर्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए। लुकाकु बेल्जियमका लागि एक सयौं खेल खेल्ने छैटौं खेलाडी हुन् । जान भर्टोङगनले बेल्जियमका सर्वाधिक १३२ खेल खेलेमा छन्।

लुकाकुले आठौं मिनेटमा गोल गर्दै बेल्जियम लाई सुरुआती अग्रता दिलाए । उनले हान्स भानाकेनको पासमा गोल गरेका थिए। त्यसपछि हडेन हाजार्डले ४१औं मिनेटमा गोल गर्दै बेल्जियमका अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २–०को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप १ गोल गरेको थियो । ६५औं मिनेटमा एलेक्स सालेमेकर्सले गोल गरेका थिए।

जितपछि बेल्जियम समूह ई मा पाँच खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । चेक ७ अंकसहित दोस्रो स्थानमा छ ।

Facebook Comments Box