नापोली पहिलो पटक क्वार्टरफाइनलमा

Read Time:1 Minute

इटालियन क्लब नेपोली पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ।

अन्तिम १६ दोस्रो लेगमा फ्रयांकफर्टमाथि ३–० को सहज जित निकाल्दै समग्रमा ५–० को जितसहित नापोली पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो।

नेपोलीलाई जिताउन भिक्टर ओसिहेनले दुई तथा पियोर्ट जिन्लेन्सकीले एक गोल गरे।

यो सँगै तीन इटालियन क्लब च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेका छन्। इन्टर मिलान र एसी मिलान यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन्। 

यो सँगै च्याम्पियन्स लिगको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान,म्यानचेस्टर सिटी,रियल म्याड्रिड, इन्टर मिलान र नेपोली क्वाटरफाइनलम पुगेका छन्।

क्वाटरफाइनल ‘ड्र’ युइएफए मुख्यालय स्वीट्जरल्यान्डको नियोनमा शुक्रबार हुँदैछ।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post रियल क्वार्टरफाइनलमा, लिभरपुल बाहिरियो
Next post घरेलु सिरिज क्लिन स्विप गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा
Close