च्याम्पियन्स लिग फाइलनमा सिटी र चेल्सी भिड्दै

युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिका लागि दुई इंग्लिस क्लब म्यान्चेस्टर सिटी र चेल्सी भिड्दै छन्। च्याम्पियन्स लिगको अल इंग्लिस फाइलन पोर्चुगलको पोर्टेमा आज राति १२ः४५ बजे सुरु हुने छ।

स्टाडियो डो ड्रागाओमा हुने फाइनल हेर्नका लागि दुवै टिमका समान ६ हजार दर्शकलाई उपस्थिति हुने छन्। कोरोना भाइरसको महामारीका कारण स्तानबुलबाट खेल पोर्टोमा सारिएको हो।

पछिल्ला तीन वर्षमा फाइनल दुई इंग्लिस क्लबबीच हुन लागेको यो दोस्रोपल्ट हो । दुई वर्षअगाडि लिभरपुल र टोटेनहमले फाइनल खेलेका थिए । यो प्रवृत्तिले ऋणमा डुबेका दुई स्पेनी महारथी रियल म्याड्रिड र बार्सिलोना पनि पछाडि परेको भान पर्न थालेको छ ।

सिटीले पहिलोपल्ट फाइनल खेल्दै छ । टोलीका लागि फाइनल डेब्यू अवसर हो । चेल्सीले भने तेस्रोपल्ट फाइनल खेल्दै छ । यसमा सन् २०१२ मा टिम च्याम्पियन रहेको थियो । यी दुई इंग्लिस क्लबले बोकेका समान विषेशता हो, दुवै धनी क्लब भएको हैसियतले विश्व फुटबलकै सबैभन्दा राम्रा राम्रा प्रशिक्षक नियुक्त गर्न सक्छ । सबै महादेशबाट सबैभन्दा राम्रा राम्रा प्रतिभाशाली खेलाडी छानी छानी अनुबन्ध गर्न सक्छ ।

सिटीका प्रशिक्षक हुन् स्पेनी पेप ग्वार्डिओला । उनले बार्सिलोनाका लागि दुई अवसरमा च्याम्पियन्स लिग जितिसकेका छन् । चेल्सीका जर्मन प्रशिक्षक थोमस टचेल पोहोर पेरिस सेन्ट जर्मेन ९पीएसजी० मा थिए । उनको त्यो टिमले च्याम्पियन्स लिग फाइनल खेलेको थियो । त्यसमा पीएसजी बायर्न म्युनिकसँग पराजित रह्यो । दुवै टिमका मालिक विदेशी हुन् । यी मालिक मन खुलेर खर्च गर्न सक्षम छन्, तयार छन् अनि यस्तै काम गरिरहेका छन् ।

सिटीले पछिल्ला चार सिजनमध्ये तीनमा इंग्लिस प्रिमियर लिग जितेको छ । यसको सबैभन्दा ठूलो श्रेय त तिनै प्रशिक्षक ग्वार्डिओलाको श्रेष्ठता र अचुक रणनीतिलाई जान्छ । ग्वार्डिओला आएयता सिटीले उत्कृष्ट पास शृंखलाको फुटबल खेलेको छ ।

त्यसमाथि सिटीले आफ्नो रक्षापंक्तिमा उत्कृष्ट पोर्चुगाली खेलाडी रुबेन डायसलाई अनुबन्ध गरेको छ । त्यसैले उनी आएपछि सिटीको डिफेन्स ठोस र बलियो देखिएको छ । यसअघिका च्याम्पियन्स लिगमा सिटीले धोका खाएको भनेकै डिफेन्समा हो, जहाँ निर्णायक मोडमा उसको रक्षापंक्तिले काम गर्न सकेको थिएन । तर यस सिजनको कथा बेग्लै छ ।

चेल्सीको रक्षापंक्ति भने ब्राजिली भेट्रान थिएगो सिल्भामा टिकेको छ । सिल्भा आएपछि चेल्सीको डिफेन्स वास्तवमै बलियो भएको छ । खासमा यी दुवै टिम गोल गर्न र अवसर सिर्जना गर्नमा माहिर छन् । अझ ग्वार्डिओलासँग त यति धेरै अवसर र उपाय छ कि उनले आफ्ना दुई प्रमुख स्ट्राइकर सर्जियो अगुइरो र ग्याब्रियल जेससलाई समेत नियमित खेलाउन आवश्यक परेको छैन ।

फाइनलमा सिटीलाई रियाद महारेज, फिल फोडेन, केभिन डे ब्रयन, इडर्स मोयसको साथ हुन्, तर उसले मिडफिल्डर इल्के गुन्डोगानलाई भने सिम गर्ने छ। यता, चेल्सीलाई मेसन माउन्ट, क्रिस्टियन पुलुसिच, टिमो वार्नर, केइ हाभर्टेजको साथ हुनेछ ।

Facebook Comments Box