रोनाल्डो र मेसी च्याम्पियन्स लिगको समूह चरणमै भिड्ने

युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको ड्र सर्वाजनिक भएको छ । बिहीबार राति सर्वाजनिक ड्र अनुसार वर्तमान फुटबलका सबैभन्दा ठूलो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको भेट समूह चरणमै हुने भएको छ।

सर्वाजनिक ड्र अनुसार रोनाल्डोको टिम युभेन्ट्स र मेसीको टिम बार्सिलोना एउटै समूमा परेका छन् । युभेन्ट्स र बार्सिलोना रहेको समूह एचमा युक्रेनी क्लब डाइनामो किभ र हंगेरियन क्लब फेरेन्कवारोस छन् । सन् २०१८ मा रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिड छाडेपछि रोनाल्डो र मेसी पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

सार्वजनिक ड्रअनुसार ग्रुप अफ डेथका रुपमा हेरिएको छ । यो समूहमा गत सिजनको फाइनलिस्ट पिएसजी, सेमिफाइनलिस्ट जर्मन क्लब आरबी लाइपजिग र इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड छन् । यही समूहमा चौथो टिमका रुपमा इस्तानबुल बसाकसेइर छ ।

यसैगरी च्याम्पियन्स लिगको सबैभन्दा सफल टिम रियल मड्रिड सहज समूह बीमा रहेको छ । यो समूहमा इन्टर मिलानसँगै बोरुसिया मान्चेनग्लाबाच र शख्तर डोनेक्स छन् । यस्तै, इंग्लिस क्लब म्यान्चेस्टर सिटी सबैभन्दा सहज समूहमा परेको छ । सिटी रहेको समूह सीमा एफसी पोर्तो, ओलम्पियाकोस र मार्सेली छन् ।

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख समूह डीमा छ । यो समूहमा एट्लेटिको मड्रिड, लोकोमोटिभ मस्को र साल्जवर्ग रहेका छन् । यस्तै, लिभरपुल आयाक्स, एट्लान्टा र मिडजिल्यान्डसँगै समूह डीमा रहेको छ ।

इंग्लिस क्लब चेल्सी समूह इमा छ । यो समूहमा सेभिया, क्रास्नोडा र रेनेस रहेका छन् । यस्तै, समूह एफमा बोरुसिया डर्टमन्ड, लाजियो, जेनिथ सेन्ट पिटर्सवर्ग, र क्लब ब्रुग रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP