च्याम्पियन्स लिगका उत्कृष्ट खेलाडीको मनोनयन, सर्टलिस्टमा बार्यनका ७ र पिएसजीका ४ खेलाडी

युरोपियन फुटबल एसोसिएसन (युइएफए)ले च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट खेलाडीको मनोनयन सर्वाजनिक गरेको छ । युइएफएले बिहीबार विधागत रुपमा उत्कृष्ट तीन खेलडाीको मनोनयन सार्वजनिक गरेको हो ।

च्याम्पियन्स लिग अवार्डको मनोनयनमा च्याम्पियन बायर्नको दबदबा छ । चार विधाका उत्कृष्ट खेलाडीको मनानोयनमा बायर्नका सर्वाधिक ७ खेलाडी परेका छन् भने पिएसजीका ४ खेलाडी छन् । यी बाहेक म्यान्चेस्टर सिटी र एट्लेटिको मड्रिडका १–१ खेलाडी परेका छन् ।

उत्कृष्ट स्ट्राइकरको मनोनयनमा पिएसजीका स्ट्राइकरद्वय नेमार र किलियन एम्बाप्पे परेका छन् । यी दुईलाई बायर्ननका रोबर्ट लेवान्डोस्कीे चुनौति दिने छन् । लेवान्डोस्की गत सिजनको च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन्, र उनी यो अवार्डका सबैभन्दा बलिया प्रतिस्पर्धी पनि हुन् ।

उत्कृष्ट मिडफिल्डरको मनोनयनमा च्याम्पियन बायर्नका थोमस मुलर र थिएगो परेका छन् । यी दुईलाई म्यान्चेस्टर सिटीका केभिन डे ब्रुयनले चुनौति दिने छन् । सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए पनि डे ब्रुयनले प्रतियोगिताभर एकनासको प्रदर्शन गरेका थिए, त्यसैले उनी यो अवार्डका सर्वाधिक बलिया प्रतिस्पर्धी हुन् ।

उत्कृष्ट डिफेन्डरको अवार्डका लागि भने एउटै टिमका खेलाडी प्रतिस्पर्धा हुने छ । मनोनयनमा च्याम्पियन बायर्नका डेविड अल्बा, जेसुवा किमिच र अल्फान्सो डेविस छन् । यो अवार्डका लागि अल्बा र किमिचभन्दा १८ वर्षीय डेविसको सम्भावना बलियो छ । उनले प्रतियोगिताभर डिफेन्स र अट्याकिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यसैगरी उत्कृष्ट गोलकिपरको मनोनयनमा बायर्नका म्यानुअल नोयर, पिएसजीका केलर नाभास र एट्लेटिको जान ओब्लाक छन् । यो अवार्डका लागि नाभास र ओब्लाकभन्दा नोयर केही अगाडी छन् । उनले फाइलनमा पिएसजीविरुद्ध निकै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अवार्डको घोषणा जुन १मा च्याम्पियन्स लिगको ड्र सार्वजनिक कार्यक्रममा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP